Skip to main content

Posts

५०औं ओडीआईमा ओमानसँग प्रतिस्पर्धा गर्दै नेपाल, सन्दीपलाई विश्व कीर्तिमान बनाउने अवसर

काठमाडौं । सन् २०१८ अगस्ट १ मा नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दै पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेको नेपालले आज ओमानसँग आफ्नो ५०औं ओडीआई खेल्दैछ । एसीसी प्रिमियर कपअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले आज ओमानको समाना गर्दैछ । पहिलो खेलमा मलेसिया ओडीआई मान्यता प्राप्त राष्ट्र नभएकाले उक्त खेलले ओडीआई मान्यता पाएको थिएन । तर, ओमान ओडीआई मान्यता प्राप्त राष्ट्र भएकाले नेपालले खेलमा ओडीआई मान्यता पाएको छ । समूह ए मा रहेको नेपालका लागि जारी प्रतियोगितामा ओमान बलियो प्रतिद्वन्द्वी हो । अरु टीम ओमानको तुलनामा कमजोर छन् । यदि, आजको खेलमा नेपालले ओमानलाई पराजित गरे अपराजित रहँदै सेमिफाइनल पुग्नेमा नेपाल आशावादी छ । लगातार जित लय बनाएको नेपाली टीम घरेलु मैदानमा ५०औं ओडीआई जित्ने लक्ष्यमा छ । तर, प्रतियोगिताअघिको अभ्यास खेलमा पराजित भएको बदला लिँदै अपराजित रहने लक्ष्य ओमानको पनि रहनेछ । आजको खेल नेपाली टीमका र स्पिनर सन्दीप लामिछानेका लागि विशेष छ । यदि आज सन्दीप लामिछानेले एक विकेट लिए उनी ओडीआई क्रिकेटमा सर्वाधिक छिटो सय विकेट लिने खेलाडीको कीर्तिमान बनाउनेछन् । उनले अफगानिस्तानका स्टार ...