Skip to main content

५०औं ओडीआईमा ओमानसँग प्रतिस्पर्धा गर्दै नेपाल, सन्दीपलाई विश्व कीर्तिमान बनाउने अवसर

काठमाडौं । सन् २०१८ अगस्ट १ मा नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दै पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेको नेपालले आज ओमानसँग आफ्नो ५०औं ओडीआई खेल्दैछ ।


एसीसी प्रिमियर कपअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले आज ओमानको समाना गर्दैछ । पहिलो खेलमा मलेसिया ओडीआई मान्यता प्राप्त राष्ट्र नभएकाले उक्त खेलले ओडीआई मान्यता पाएको थिएन ।
तर, ओमान ओडीआई मान्यता प्राप्त राष्ट्र भएकाले नेपालले खेलमा ओडीआई मान्यता पाएको छ । समूह ए मा रहेको नेपालका लागि जारी प्रतियोगितामा ओमान बलियो प्रतिद्वन्द्वी हो । अरु टीम ओमानको तुलनामा कमजोर छन् । यदि, आजको खेलमा नेपालले ओमानलाई पराजित गरे अपराजित रहँदै सेमिफाइनल पुग्नेमा नेपाल आशावादी छ ।

लगातार जित लय बनाएको नेपाली टीम घरेलु मैदानमा ५०औं ओडीआई जित्ने लक्ष्यमा छ । तर, प्रतियोगिताअघिको अभ्यास खेलमा पराजित भएको बदला लिँदै अपराजित रहने लक्ष्य ओमानको पनि रहनेछ ।

आजको खेल नेपाली टीमका र स्पिनर सन्दीप लामिछानेका लागि विशेष छ । यदि आज सन्दीप लामिछानेले एक विकेट लिए उनी ओडीआई क्रिकेटमा सर्वाधिक छिटो सय विकेट लिने खेलाडीको कीर्तिमान बनाउनेछन् ।

उनले अफगानिस्तानका स्टार बलर रासिद खानले ४४ खेलमा बनाएको सर्वाधिक छिटो विकेटको कीर्तिमान तोड्दै ४२ खेलमा सय विकेट पूरा गर्नेछन् ।

सबैभन्दा छिटो ओडीआईमा सय विकेट पूरा गर्ने खेलाडीको पहिलो नम्बरमा रासिद खान रहँदा, दोस्रो नम्बरमा अस्ट्रेलियाका मिचेल आरोन स्टार्क रहेका छन् । स्टार्कले ५२ खेलमा सय विकेट लिएका थिए । तेस्रो नम्बरमा रहेका पाकिस्तानका सक्लिन मस्तक ५३ खेलमा सय विकेट पूरा गरेका थिए ।

Comments

Popular posts from this blog

खेल रद्द भएसँगै नेपाल फाइनलमा

  काठमाडौं–  एसिसी प्रिमियर कपको पहिलो सेमिफाइनल खेलमा भारी वर्षाको कारण कुवेतसँगको खेल रद्द भएसँगै नेपाल फाइनलमा पुगेको छ । खेल नतिजा विहीन बनेपछि नेपाल समूह विजेताको रुपमा फाइनलमा पुगेको हो । जितको लागि २ सय ८१ रनको विशाल विजयी लक्ष्य पछ्याएको कुवेतले ८.३ ओभरमा ६ विकेट गुमाउँदै ३७ रन बनाउँदा खेल वर्षाको कारण खेल रोकिएको थियो । तर त्यसपछि भारी वर्षा हुँदा सुपर ओभर पनि हुन सकेन ।नेपाल समूह ए को विजेता र कुवेत समूह बी को उपविजेताको रुपमा सेमिफाइनल खेलेका थिए । खेल हुन नसकेपछि नेपाल समूह विजेताको रुपमा फाइनलमा पुगेको हो । कुवेतका ओपनर आदनान इद्रिस शून्य, रविजा सनदरुवान ९, परविन्दर कुमार १, मित भावसार ५ र मोहम्मद अस्लाम १४ रनमा आउट भए । नेपालका करण केसीले ४.३ ओभरमा १० रन खर्चेर ५ विकेट लिए । सोमपाल कामीले २ ओभरमा १५ रन खर्चेर १ विकेट लिए । त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ४२ ओभरमा ९ विकेट गुमाउँदै २ सय ८१ रन बनाएको थियो । निरन्तर वर्षाले प्रभावित खेलमा ८-८ ओभर घटाइएको थियो । नेपालको जितमा कप्तान रोहित पौडेलले ९५ बलमा ७ चौका र ३ ...

चुनावी दौडधुपमा क्यान पदाधिकारी, मुखमा एसिया कप

  का ठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को केन्द्रीय चुनावी साधारणसभा असोज पहिलो साता हुँदै छ । निर्वाचनको मिति आउन दुई महिना बाँकी रहँदा केन्द्रको माहोल तातिँदो छ । जिल्ला जिल्लामा क्रिकेट संघको निर्वाचन भइरहेका छन् । प्रदेशको भदौमा हुने तालिका छ । जिल्ला र प्रदेशको माहोल उग्र रूपमा चलिरहँदा केन्द्रमा पनि सम्भावित पदाधिकारीले आफ्नो पक्षमा माहोल बनाउन जोडबल लगाइरहेका छन् । वर्तमान अध्यक्ष चतुरबहादुर चन्द र कोषाध्यक्ष रोशनकुमार सिंहले आफ्नो प्यानलसहित चार वर्षे कार्यकालका लागि नेतृत्वमा उम्मेदवारी दिने तयारी गरेका छन् । असन्तुष्ट रहेका ऋषिराम गौतम र दाउद अन्सारीले पनि आ–आफ्नो टोली तयार पारिरहेका छन् । यद्यपि तीनै समूहले कुनै प्रकारका आधिकारिक टिम घोषणा गरेका छैनन् । तर, आ–आफ्नो समूह निर्माण र जिल्लामा आफ्नो प्रभुत्व जमाउन ठूलै चलखेलमा तीनै समूह अग्रसर देखिएका छन् । भक्तपुरको निर्वाचन भयो, तर केस पाटन उच्च अदालतसम्म पुगेको छ । आफ्ना समूहको सदस्यता वैधानिक भएको भन्दै कोषाध्यक्ष सिंह वकालत गर्न अदालत नै पुगे । यता चन्दले पनि आफ्नो समूहलाई जिताउन कुनै कसरत बाँकी राखेका छैनन् ।   क्य...

साउदीलाई सहजै हराउँदै सेमिफाइनलमा पुग्ने सोचमा नेपाल

 काठमाडौं– घरेलु टोली नेपालले एसिसी प्रिमियर कपमा आज साउदी अरेवियासँग खेल्दैछ । खेल बिहान ९ बजे माथिल्लो मुलपानी क्रिकेट मैदानमा सुरुहुनेछ । नेपाल लगातार तेस्रो जितका साथ सेमिफाइनलमा स्थान बनाउने पहिलो टोली बन्ने सोचका साथ मैदान उत्रनेछ । समूह ए मा रहेको नेपाल २ खेलमा ४ अंकका साथ शीर्ष स्थानमा छ । साउदी २ खेलमा १ मा जित र १ मा हारसहित चौथो स्थानमा छ । साउदी उपाधि दाबेदार नेपाललाई स्तब्ध पार्दै सेमिफाइनल सम्भावना कायमै राख्न चाहन्छ । नेपालले पहिलो खेलमा मलेसियालाई ६ विकेट र दोस्रो खेलमा ओमानलाई ८४ रनले हराएको थियो । उता साउदी पहिलो खेलमा मलेसियासँग ८ विकेटले पराजित भएको थियो । कतारलाई ७ विकेटले हराएको थियो । नेपालले आजको खेलमा स्पिनर सन्दीप लामिछानेसहित तीन खेलाडीलाई विश्राम दिने सम्भावना छ । नेपालले आज सोमपाल कामी, सन्दीप लामिछाने र कुशल मल्ललाई विश्राम दिनसक्छ । यी तीनको स्थानमा बेन्चमा रहेका ज्ञानेन्द्र मल्ल, प्रतिश जि.सी र गुलशन झालाई आजको खेलमा मौका दिनसक्छ । नेपालको ब्याटिङ मुख्य हतियार हो । साउदीका दुई तीव्र गतिका बलर इश्तिक अहमद र उतिफ उर रेहमान पनि राम्रो प्रभाव छाड्दै आएका...