Skip to main content

खेल रद्द भएसँगै नेपाल फाइनलमा

 काठमाडौं– एसिसी प्रिमियर कपको पहिलो सेमिफाइनल खेलमा भारी वर्षाको कारण कुवेतसँगको खेल रद्द भएसँगै नेपाल फाइनलमा पुगेको छ । खेल नतिजा विहीन बनेपछि नेपाल समूह विजेताको रुपमा फाइनलमा पुगेको हो ।


जितको लागि २ सय ८१ रनको विशाल विजयी लक्ष्य पछ्याएको कुवेतले ८.३ ओभरमा ६ विकेट गुमाउँदै ३७ रन बनाउँदा खेल वर्षाको कारण खेल रोकिएको थियो । तर त्यसपछि भारी वर्षा हुँदा सुपर ओभर पनि हुन सकेन ।नेपाल समूह ए को विजेता र कुवेत समूह बी को उपविजेताको रुपमा सेमिफाइनल खेलेका थिए । खेल हुन नसकेपछि नेपाल समूह विजेताको रुपमा फाइनलमा पुगेको हो । कुवेतका ओपनर आदनान इद्रिस शून्य, रविजा सनदरुवान ९, परविन्दर कुमार १, मित भावसार ५ र मोहम्मद अस्लाम १४ रनमा आउट भए । नेपालका करण केसीले ४.३ ओभरमा १० रन खर्चेर ५ विकेट लिए । सोमपाल कामीले २ ओभरमा १५ रन खर्चेर १ विकेट लिए ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ४२ ओभरमा ९ विकेट गुमाउँदै २ सय ८१ रन बनाएको थियो । निरन्तर वर्षाले प्रभावित खेलमा ८-८ ओभर घटाइएको थियो ।

नेपालको जितमा कप्तान रोहित पौडेलले ९५ बलमा ७ चौका र ३ छक्कासहित सर्वाधिक ९४ रनको योगदान दिए । स्पिनर मोहम्मद अस्लामको बलमा ठूलो सट खेल्ने धुनमा रोहित डिप मिडविकेटमा स्पिनर यासिन पटेलबाट क्याच आउट भएपछि करिअरको दोस्रो शतक हान्नबाट चुकेका थिए ।

त्यसअघि रोहितले दुई जीवनदान पाएका थिए । ब्यक्तिगत १८ र ६० रनमा क्याच कुवेतका खेलाडीले जीवनदान पाएका थिए ।चौथो विकेटका लागि रोहित र कुशलले १ सय ९ रनको सानदार शतकीय साझेदारीका साथ नेपाललाई विशाल योगफलको आधार तय गरेका थिए । कुशल मल्ल ४४ बलमा ४ चौका र ४ छक्कासहित ५७ रनमा कप्तान मोहम्मद अस्लामबाट क्याच आउट भएका थिए ।

ओपनर कुशल भुर्तेलले ३९ बलमा ७ चौका र १ छक्कासहित ४३ रनमा आउट भए । नेपाललाई ओपनर आसिफ शेख र कुशल भुर्तेलले १०.५ ओभरमा ७७ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । १२ औं ओभरको दोस्रो बलमा भीम सार्की एक रनमा क्याच आउट भए ।

भीम स्पिनर मोहम्मद अस्लामको बलमा क्याच आउट भएका थिए । अर्का ओपनर आसिफ शेख २८ बलमा १ चौका र ३ छक्कासहित ३१ रनमा क्याच आउट भए ।

नेपालका आरिफ शेख स्पिनर यासिन पटेलको ३६ औं ओभरको दोस्रो बलमा १९ रनमा स्टम्पिङ आउट भए । उनले १९ बलमा २ चौका र १ छक्का प्रहार गरे । एक बलपछि दीपेन्द्रसिंह ऐरी कट विहाइन्ड हुँदै डक आउट पेभेलिएन फर्किएका थिए । सोमपाल कामी १३, करण केसी ७, सन्दीप लामिछाने ५ र ललितनारायण राजवंशीले २ रन बनाए ।

कुवेतका कप्तान मोहम्मद अस्लामले ८ ओभरमा ४३ रन खर्चेर ३ विकेट लिए । आदनान इद्रिसले ८ ओभरमा १ मेडनसहित ५३ रन खर्चेर ३ विकेट लिए । स्पिनर यासिन पटेलले ९ ओभरमा ५२ रन खर्चेर १ विकेट लिए । सैयद मोनिबले एक विकेट लिए ।

फाइनल सोमबार हुनेछ । नेपालले युएई सँग फाइनल खेल खेल्नेछ । उपाधि जित्ने टोलीले आगमी सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कप खेल्न पाउनेछ ।

नेपालले उपाधि जित्न सके एसिया कपमा भारत र पाकिस्तानसँग खेल्न पाउनेछ । फाइनलमा पुगेसँगै नेपाल एसिसी इमर्जिङ टिम्स एसिया कपको लागि छनोट भएको छ ।

Comments

Popular posts from this blog

५०औं ओडीआईमा ओमानसँग प्रतिस्पर्धा गर्दै नेपाल, सन्दीपलाई विश्व कीर्तिमान बनाउने अवसर

काठमाडौं । सन् २०१८ अगस्ट १ मा नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दै पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेको नेपालले आज ओमानसँग आफ्नो ५०औं ओडीआई खेल्दैछ । एसीसी प्रिमियर कपअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले आज ओमानको समाना गर्दैछ । पहिलो खेलमा मलेसिया ओडीआई मान्यता प्राप्त राष्ट्र नभएकाले उक्त खेलले ओडीआई मान्यता पाएको थिएन । तर, ओमान ओडीआई मान्यता प्राप्त राष्ट्र भएकाले नेपालले खेलमा ओडीआई मान्यता पाएको छ । समूह ए मा रहेको नेपालका लागि जारी प्रतियोगितामा ओमान बलियो प्रतिद्वन्द्वी हो । अरु टीम ओमानको तुलनामा कमजोर छन् । यदि, आजको खेलमा नेपालले ओमानलाई पराजित गरे अपराजित रहँदै सेमिफाइनल पुग्नेमा नेपाल आशावादी छ । लगातार जित लय बनाएको नेपाली टीम घरेलु मैदानमा ५०औं ओडीआई जित्ने लक्ष्यमा छ । तर, प्रतियोगिताअघिको अभ्यास खेलमा पराजित भएको बदला लिँदै अपराजित रहने लक्ष्य ओमानको पनि रहनेछ । आजको खेल नेपाली टीमका र स्पिनर सन्दीप लामिछानेका लागि विशेष छ । यदि आज सन्दीप लामिछानेले एक विकेट लिए उनी ओडीआई क्रिकेटमा सर्वाधिक छिटो सय विकेट लिने खेलाडीको कीर्तिमान बनाउनेछन् । उनले अफगानिस्तानका स्टार ...

चुनावी दौडधुपमा क्यान पदाधिकारी, मुखमा एसिया कप

  का ठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को केन्द्रीय चुनावी साधारणसभा असोज पहिलो साता हुँदै छ । निर्वाचनको मिति आउन दुई महिना बाँकी रहँदा केन्द्रको माहोल तातिँदो छ । जिल्ला जिल्लामा क्रिकेट संघको निर्वाचन भइरहेका छन् । प्रदेशको भदौमा हुने तालिका छ । जिल्ला र प्रदेशको माहोल उग्र रूपमा चलिरहँदा केन्द्रमा पनि सम्भावित पदाधिकारीले आफ्नो पक्षमा माहोल बनाउन जोडबल लगाइरहेका छन् । वर्तमान अध्यक्ष चतुरबहादुर चन्द र कोषाध्यक्ष रोशनकुमार सिंहले आफ्नो प्यानलसहित चार वर्षे कार्यकालका लागि नेतृत्वमा उम्मेदवारी दिने तयारी गरेका छन् । असन्तुष्ट रहेका ऋषिराम गौतम र दाउद अन्सारीले पनि आ–आफ्नो टोली तयार पारिरहेका छन् । यद्यपि तीनै समूहले कुनै प्रकारका आधिकारिक टिम घोषणा गरेका छैनन् । तर, आ–आफ्नो समूह निर्माण र जिल्लामा आफ्नो प्रभुत्व जमाउन ठूलै चलखेलमा तीनै समूह अग्रसर देखिएका छन् । भक्तपुरको निर्वाचन भयो, तर केस पाटन उच्च अदालतसम्म पुगेको छ । आफ्ना समूहको सदस्यता वैधानिक भएको भन्दै कोषाध्यक्ष सिंह वकालत गर्न अदालत नै पुगे । यता चन्दले पनि आफ्नो समूहलाई जिताउन कुनै कसरत बाँकी राखेका छैनन् ।   क्य...