Skip to main content

चुनावी दौडधुपमा क्यान पदाधिकारी, मुखमा एसिया कप

 


का
ठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को केन्द्रीय चुनावी साधारणसभा असोज पहिलो साता हुँदै छ । निर्वाचनको मिति आउन दुई महिना बाँकी रहँदा केन्द्रको माहोल तातिँदो छ । जिल्ला जिल्लामा क्रिकेट संघको निर्वाचन भइरहेका छन् । प्रदेशको भदौमा हुने तालिका छ ।

जिल्ला र प्रदेशको माहोल उग्र रूपमा चलिरहँदा केन्द्रमा पनि सम्भावित पदाधिकारीले आफ्नो पक्षमा माहोल बनाउन जोडबल लगाइरहेका छन् ।

वर्तमान अध्यक्ष चतुरबहादुर चन्द र कोषाध्यक्ष रोशनकुमार सिंहले आफ्नो प्यानलसहित चार वर्षे कार्यकालका लागि नेतृत्वमा उम्मेदवारी दिने तयारी गरेका छन् । असन्तुष्ट रहेका ऋषिराम गौतम र दाउद अन्सारीले पनि आ–आफ्नो टोली तयार पारिरहेका छन् ।

यद्यपि तीनै समूहले कुनै प्रकारका आधिकारिक टिम घोषणा गरेका छैनन् । तर, आ–आफ्नो समूह निर्माण र जिल्लामा आफ्नो प्रभुत्व जमाउन ठूलै चलखेलमा तीनै समूह अग्रसर देखिएका छन् । भक्तपुरको निर्वाचन भयो, तर केस पाटन उच्च अदालतसम्म पुगेको छ ।

आफ्ना समूहको सदस्यता वैधानिक भएको भन्दै कोषाध्यक्ष सिंह वकालत गर्न अदालत नै पुगे । यता चन्दले पनि आफ्नो समूहलाई जिताउन कुनै कसरत बाँकी राखेका छैनन् ।  

क्यानका अध्यक्ष चन्दले एक कार्यकाल फेरि दोहोर्याउने बताउँदै आएका छन् । यद्यपि उनी सबै साथीलाई मिलेन अगाडि बढ्न आग्रह गर्छन् । ‘साथीहरूको सहयोग पाए भने पुनः एकपटक क्यानको नेतृत्व गर्ने मनसाय बनाएको छु । साथीहरूले हुन्छ भन्नुभयो भने उम्मेदवारी दिन्छु । नत्र बाहिरै बस्छु,’ चन्द आफ्नो लक्ष्य सुनाउँछन् ।

यता, कोषाध्यक्ष सिंह भने साथीहरूले क्यान नेतृत्वमा आउनलाई प्रोत्साहित गरिरहेको बताउँछन् । ‘जिल्लाका निर्वाचनहरूमा पुगेको छु । धेरै साथीहरूले क्यान नेतृत्वमा आउनुपर्ने सुझाव दिइरहनुभएको छ । मैले पनि यसतर्फ सोच बनाएको छु,’ सिंहले खेलाडीसँग भने ।

सामाजिक सञ्जालमा चहलपहल हेर्ने हो भने सिंहले आफ्नो चुनावी तयारी तीव्र बनाएका छन् । उनी हरेक जिल्लाका अध्यक्षलाई बधाई दिँदै आफूप्रति प्रभावित पार्न चाहन्छन् ।

यसैबीच एक दशक नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तानी सम्हालिसकेका पारस खड्का पनि क्यान नेतृत्वमा आउन चाहन्छन् । उनको प्रस्ट खाका भने तयार भएको छैन । तर, उनी कुनै न कुनै भूमिकामा क्यान छिर्न चाहन्छन् । निर्वाचनमा होमिने योजनासहित पारसले दुई वर्षअघि साउन १९ मा राष्ट्रिय टोलीबाट संन्यास घोषणा गरेका थिए ।

जिल्ला र प्रदेश निर्वाचनपछि आफ्नो एजेन्डासहित सार्वजनिक हुने मनसायमा देखिन्छन् पारस । जिल्ला र प्रदेशबाट आउने मतान्तरअनुसार उनले आफ्नो चुनावी योजना बनाउने छन् ।

उनले जिल्लाबाट आफूअनुकूलका प्रतिनिधि आए अध्यक्ष पदमै दाबी गर्न सक्छन् । यदि त्यस्तो अवस्था नदेखिए अध्यक्ष चन्द या असन्तुष्ट पक्षमा खुल्न चाहेका छन् । पारसले सिंहको गुटमा जाने इच्छा भने देखाएका छैनन् ।

क्यानभित्रै के हल्ला चल्दै छ भने पारसले अध्यक्ष चन्दलाई नै सहयोग गर्ने छन् । उनी एक कार्यकाल चन्दलाई अध्यक्ष दिएर अर्काे पटक आफूले दाबी गर्ने योजनामा छन् । यसपालि कम्तीमा आफू सचिवमा प्रतिस्पर्धा गर्ने मुडमा छन् उनी । ‘पारस अहिले यो नै गर्छु भन्ने अवस्थामा छैनन् । जिल्ला र प्रदेश निर्वाचनपछि उनले आफ्नो धारणा राख्नेछन्,’ क्यानका एक पदाधिकारीले पारसको योजनाबारे सुनाए । ‘सकेसम्म अध्यक्षमै दाबी गर्ने, नभए सचिवमा दाबी गर्न सक्छन्,’ नाम नखुलाउने सर्तमा ती सदस्यले भने ।

क्यानको केन्द्रीय निर्वाचनका लागि ८८ मत छ । जसमा एउटा पक्ष चुनाव जित्न कम्तीमा ४५ भोट आवश्यक पर्छ । २० जिल्लाको निर्वाचन २०७८ सालमै हुँदा अहिले २५ जिल्लाको चुनाव भइरहेको छ । जिल्लाबाट ४५, प्रदेश २४, कार्यसमितिबाट १७, प्रशिक्षक संघ र अम्पायर संघबाट एक–एक प्रतिनिधि मतदानका लागि योग्य हुनेछन् ।

यसबीच राष्ट्रिय खेलकदु परिषद् (राखेप)ले पदाधिकारी अभाव भएको भन्दै वरिष्ठ उपाध्यक्ष र सहायक सचिव पद खडा गर्न निर्देशन दिएको छ ।

यता, क्यानको निर्वाचन चल्दा नेपाली राष्ट्रिय क्रिकेट टोलीले एसिसी एसिया कप खेल्दै छ । जहाँ नेपालले टेस्ट महारथी राष्ट्र भारत र पाकिस्तानको सामना गर्नुपर्नेछ ।

त्यसतर्फ भने अहिले कुनै पनि पदाधिकारीले ध्यान दिइरहेका छैनन् । मात्र चुनावी माहोलमा रमाइरहेका छन् । आफ्नो माहोल बनाउन सबै व्यस्त छन् । क्यानका अध्यक्ष चन्द भने एसिया कपमा ध्यान दिएको दाबी गर्छन् ।

नेपाली टोलीले एसिया कपका लागि श्रीलंकामै १५ दिनको विशेष प्रशिक्षण गरेर नेपाली टोली गत सात स्वदेश फर्किएको थियो । अबको केही दिनमा नेपाली टोली पहिलो खेल खेल्न पाकिस्तान पुग्नेछ । त्यसपछि भारतसँग खेल्न पुनः श्रीलंका फर्कने तालिका बनेको छ । तर, क्यान भने ऐतिहासिक बन्न लागेको एसिया कपको प्रदर्शन कस्तो हुने हो त्यसलाई बेवास्ता गर्दै निर्वाचनमै मस्त छ । 

Comments

Popular posts from this blog

खेल रद्द भएसँगै नेपाल फाइनलमा

  काठमाडौं–  एसिसी प्रिमियर कपको पहिलो सेमिफाइनल खेलमा भारी वर्षाको कारण कुवेतसँगको खेल रद्द भएसँगै नेपाल फाइनलमा पुगेको छ । खेल नतिजा विहीन बनेपछि नेपाल समूह विजेताको रुपमा फाइनलमा पुगेको हो । जितको लागि २ सय ८१ रनको विशाल विजयी लक्ष्य पछ्याएको कुवेतले ८.३ ओभरमा ६ विकेट गुमाउँदै ३७ रन बनाउँदा खेल वर्षाको कारण खेल रोकिएको थियो । तर त्यसपछि भारी वर्षा हुँदा सुपर ओभर पनि हुन सकेन ।नेपाल समूह ए को विजेता र कुवेत समूह बी को उपविजेताको रुपमा सेमिफाइनल खेलेका थिए । खेल हुन नसकेपछि नेपाल समूह विजेताको रुपमा फाइनलमा पुगेको हो । कुवेतका ओपनर आदनान इद्रिस शून्य, रविजा सनदरुवान ९, परविन्दर कुमार १, मित भावसार ५ र मोहम्मद अस्लाम १४ रनमा आउट भए । नेपालका करण केसीले ४.३ ओभरमा १० रन खर्चेर ५ विकेट लिए । सोमपाल कामीले २ ओभरमा १५ रन खर्चेर १ विकेट लिए । त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ४२ ओभरमा ९ विकेट गुमाउँदै २ सय ८१ रन बनाएको थियो । निरन्तर वर्षाले प्रभावित खेलमा ८-८ ओभर घटाइएको थियो । नेपालको जितमा कप्तान रोहित पौडेलले ९५ बलमा ७ चौका र ३ ...

५०औं ओडीआईमा ओमानसँग प्रतिस्पर्धा गर्दै नेपाल, सन्दीपलाई विश्व कीर्तिमान बनाउने अवसर

काठमाडौं । सन् २०१८ अगस्ट १ मा नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दै पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेको नेपालले आज ओमानसँग आफ्नो ५०औं ओडीआई खेल्दैछ । एसीसी प्रिमियर कपअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले आज ओमानको समाना गर्दैछ । पहिलो खेलमा मलेसिया ओडीआई मान्यता प्राप्त राष्ट्र नभएकाले उक्त खेलले ओडीआई मान्यता पाएको थिएन । तर, ओमान ओडीआई मान्यता प्राप्त राष्ट्र भएकाले नेपालले खेलमा ओडीआई मान्यता पाएको छ । समूह ए मा रहेको नेपालका लागि जारी प्रतियोगितामा ओमान बलियो प्रतिद्वन्द्वी हो । अरु टीम ओमानको तुलनामा कमजोर छन् । यदि, आजको खेलमा नेपालले ओमानलाई पराजित गरे अपराजित रहँदै सेमिफाइनल पुग्नेमा नेपाल आशावादी छ । लगातार जित लय बनाएको नेपाली टीम घरेलु मैदानमा ५०औं ओडीआई जित्ने लक्ष्यमा छ । तर, प्रतियोगिताअघिको अभ्यास खेलमा पराजित भएको बदला लिँदै अपराजित रहने लक्ष्य ओमानको पनि रहनेछ । आजको खेल नेपाली टीमका र स्पिनर सन्दीप लामिछानेका लागि विशेष छ । यदि आज सन्दीप लामिछानेले एक विकेट लिए उनी ओडीआई क्रिकेटमा सर्वाधिक छिटो सय विकेट लिने खेलाडीको कीर्तिमान बनाउनेछन् । उनले अफगानिस्तानका स्टार ...