Skip to main content

Posts

दीपेन्द्रका बुबाले भने : छोराका कीर्तिमानले देश खुसी भएको छ

  कञ्चनपुरको भीमदत्त नगरपालिका–८ तिलाचौर घर भएका उनी बाल्यकालदेखि नै खेलकुद क्षेत्रमा मेहनती र अब्बल रहेको उनका बुवा गगनसिंह ऐरीले सुनाए । बुधबार छोराले बनाएको कीर्तिमानमा ऐरीको परिवार मात्रै होइन गाउँनै खुसी रहेको उनले बताए । “घरको टिभीमा रिर्चाज सकिएकाले बिहान रिचार्ज गर्न सुकासाल चौराहा पुगे”, छोराको सफलताले हर्षित गगनसिंहले भने, “चौराहाको कम्प्युटर पसल सञ्चालकले दीपेन्द्रको सफलता मोबाइलमै देखाउँदा खुसीको सीमा नै रहेन ।” एसएलसीसम्म गाउँकै एक निजी विद्यालयमा अध्ययन गरेका उनी त्यो बेलामा पनि खेल जितेर पुरस्कार पाउने गरेको बुबा ऐरीले सम्झे । “चार छोरामध्ये साइँलो हो, दीपेन्द्र”, उनले भने, “छोराले देशको नाम राख्दा हामी निकै खुसी भएका छौँ ।” विद्यालयस्तरमा गाउँमा खेलकुदमा निकै मेहनत र सक्रिय भएर लाग्ने दीपेन्द्र प्रवीणता प्रमाणपत्र तह अध्ययनका लागि महेन्द्रनगरस्थित सनराइज बोर्डिङ स्कूल भर्ना भएका बेला करिब पाँच किलोमिटर हिँडेरै क्रिकेट प्रशिक्षणमा बजार पुग्दथे । “स्वस्थ भइन्छ भन्दै हिँडेर महेन्द्रनगर पुगेर क्रिकेट प्रशिक्षणमा जुट्थ्यो”, उनले भने, “खेलप्रतिको लगाव र महेनतकै कारण आज उ ...
Recent posts

एसियन खेलकुदअघि ललित घाइते

  हाङझावमा हुने १९ औं एसियाली खेलकुदमा भाग लिन चीन जानुअघि नेपाली राष्ट्रिय क्रिकेट टिमका स्पिनर ललितनारायण राजवंशी घाइते भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) का मेडिकल संयोजक अभिशेकराज सिंहका अनुसार ललित बन्द प्रशिक्षणका दौरान घाइते भएका थिए। उनको दायाँ काधमा चोट लागेको छ भने आज शल्यक्रिया गर्ने तयारी गरिएको छ। यससँगै उनले एसियन गेम्स गुमाउन सक्छन्। अब क्यानले उनको स्थानमा अर्का खेलाडी पठाउनु पर्नेछ। एसियाली खेलकुदको क्रिकेटतर्फको प्रतिस्पर्धा असोज १० देखि सुरू हुँदैछ। प्रतियोगिताको परिवर्तित खेल तलिकाअनुसार पुरुषतर्फ नेपाल समूह ‘ए’ मा परेको छ। समूहमा नेपालसँगै माल्दिभ्स र मंगोलिया छन्। समूह विजेता बने नेपाल क्वार्टरफाइनल पुग्नेछ। क्वार्टरफाइनलमा चार टिमले स्थान पक्का गरिसकेका छन्। टेस्ट राष्ट्रहरू भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशलाई सिधा अन्तिम आठमा स्थान दिइएको हो। चारै टिमले एसियाली खेलकुदका लागि सिनियर टिमलाई पठाउने छैनन्। भारतले आइपिएल खेलेका रुतुराज गायकवाडलाई कप्तान बनाएको छ भने आइपिएलमा चलेका युवा खेलाडीलाई समेटेर एसियाली खेलकुदमा टिम पठाउँदैछ। एसियाली खेलकुदमा समू...

चुनावी दौडधुपमा क्यान पदाधिकारी, मुखमा एसिया कप

  का ठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को केन्द्रीय चुनावी साधारणसभा असोज पहिलो साता हुँदै छ । निर्वाचनको मिति आउन दुई महिना बाँकी रहँदा केन्द्रको माहोल तातिँदो छ । जिल्ला जिल्लामा क्रिकेट संघको निर्वाचन भइरहेका छन् । प्रदेशको भदौमा हुने तालिका छ । जिल्ला र प्रदेशको माहोल उग्र रूपमा चलिरहँदा केन्द्रमा पनि सम्भावित पदाधिकारीले आफ्नो पक्षमा माहोल बनाउन जोडबल लगाइरहेका छन् । वर्तमान अध्यक्ष चतुरबहादुर चन्द र कोषाध्यक्ष रोशनकुमार सिंहले आफ्नो प्यानलसहित चार वर्षे कार्यकालका लागि नेतृत्वमा उम्मेदवारी दिने तयारी गरेका छन् । असन्तुष्ट रहेका ऋषिराम गौतम र दाउद अन्सारीले पनि आ–आफ्नो टोली तयार पारिरहेका छन् । यद्यपि तीनै समूहले कुनै प्रकारका आधिकारिक टिम घोषणा गरेका छैनन् । तर, आ–आफ्नो समूह निर्माण र जिल्लामा आफ्नो प्रभुत्व जमाउन ठूलै चलखेलमा तीनै समूह अग्रसर देखिएका छन् । भक्तपुरको निर्वाचन भयो, तर केस पाटन उच्च अदालतसम्म पुगेको छ । आफ्ना समूहको सदस्यता वैधानिक भएको भन्दै कोषाध्यक्ष सिंह वकालत गर्न अदालत नै पुगे । यता चन्दले पनि आफ्नो समूहलाई जिताउन कुनै कसरत बाँकी राखेका छैनन् ।   क्य...

खेल रद्द भएसँगै नेपाल फाइनलमा

  काठमाडौं–  एसिसी प्रिमियर कपको पहिलो सेमिफाइनल खेलमा भारी वर्षाको कारण कुवेतसँगको खेल रद्द भएसँगै नेपाल फाइनलमा पुगेको छ । खेल नतिजा विहीन बनेपछि नेपाल समूह विजेताको रुपमा फाइनलमा पुगेको हो । जितको लागि २ सय ८१ रनको विशाल विजयी लक्ष्य पछ्याएको कुवेतले ८.३ ओभरमा ६ विकेट गुमाउँदै ३७ रन बनाउँदा खेल वर्षाको कारण खेल रोकिएको थियो । तर त्यसपछि भारी वर्षा हुँदा सुपर ओभर पनि हुन सकेन ।नेपाल समूह ए को विजेता र कुवेत समूह बी को उपविजेताको रुपमा सेमिफाइनल खेलेका थिए । खेल हुन नसकेपछि नेपाल समूह विजेताको रुपमा फाइनलमा पुगेको हो । कुवेतका ओपनर आदनान इद्रिस शून्य, रविजा सनदरुवान ९, परविन्दर कुमार १, मित भावसार ५ र मोहम्मद अस्लाम १४ रनमा आउट भए । नेपालका करण केसीले ४.३ ओभरमा १० रन खर्चेर ५ विकेट लिए । सोमपाल कामीले २ ओभरमा १५ रन खर्चेर १ विकेट लिए । त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ४२ ओभरमा ९ विकेट गुमाउँदै २ सय ८१ रन बनाएको थियो । निरन्तर वर्षाले प्रभावित खेलमा ८-८ ओभर घटाइएको थियो । नेपालको जितमा कप्तान रोहित पौडेलले ९५ बलमा ७ चौका र ३ ...

नेपाल र साउदीबीचको खेल वर्षाले प्रभावित

   एसिसी प्रिमियर कपअन्तर्गत नेपाल र साउदी अरेबियाबीचको खेल वर्षाले प्रभावित भएको छ।     मुलपानी मैदान विहान ९ बजे सुरु हुने पर्ने वर्षाले प्रभावित भएको हो। खेलअघि गरिने टस वर्षाका कारण ढिलाइ भएको छ। हिजो साँझदेखि परेको वर्षाका कारण मैदान भिजेको छ।  अहिले पिचमा कभर लगाइएको छ। सो कभर हटाइएपछि मात्र टसबारे निर्णय हुनेछ। विहान साढे ११ बजेसम्म दुईपटक कभर हटाइए पनि फेरि वर्षा भएका कारण कभरले पिच छोपिएको छ। दिउँस २ बजेसम्म पनि टस हुन नसके खेल रद्द हुनेछ। खेल रद्द भएमा नेपाल सेमिफाइनल पुग्नेछ। नेपालले अन्तिम खेलमा बिहीबार कतारसँग खेल्नेछ। सो खेलमा जित हात पारे नेपाल समूह विजेता बन्नेछ। नेपालले मुलपानी मैदानमा पहिलो अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो। समूह ‘ए’ मा रहेको नेपालले यसअघि दुवै खेलमा जित हात पारेको थियो। कीर्तिपुरमा नेपालले मलेसिया र ओमानमाथि जित हात पारेको थियो। समूहको शीर्ष स्थानमा रहेको नेपालले आजको खेलमा जित हात पारे सेमिफाइनल पुग्नेछ। नेपाल र साउदीबीच २०१२ पछि प्रतिस्पर्धा हुन लागेको हो। २०१२ मा अबुधावीमा एसिसी ट्रफीको खेलमा नेपालले ९...

साउदीलाई सहजै हराउँदै सेमिफाइनलमा पुग्ने सोचमा नेपाल

 काठमाडौं– घरेलु टोली नेपालले एसिसी प्रिमियर कपमा आज साउदी अरेवियासँग खेल्दैछ । खेल बिहान ९ बजे माथिल्लो मुलपानी क्रिकेट मैदानमा सुरुहुनेछ । नेपाल लगातार तेस्रो जितका साथ सेमिफाइनलमा स्थान बनाउने पहिलो टोली बन्ने सोचका साथ मैदान उत्रनेछ । समूह ए मा रहेको नेपाल २ खेलमा ४ अंकका साथ शीर्ष स्थानमा छ । साउदी २ खेलमा १ मा जित र १ मा हारसहित चौथो स्थानमा छ । साउदी उपाधि दाबेदार नेपाललाई स्तब्ध पार्दै सेमिफाइनल सम्भावना कायमै राख्न चाहन्छ । नेपालले पहिलो खेलमा मलेसियालाई ६ विकेट र दोस्रो खेलमा ओमानलाई ८४ रनले हराएको थियो । उता साउदी पहिलो खेलमा मलेसियासँग ८ विकेटले पराजित भएको थियो । कतारलाई ७ विकेटले हराएको थियो । नेपालले आजको खेलमा स्पिनर सन्दीप लामिछानेसहित तीन खेलाडीलाई विश्राम दिने सम्भावना छ । नेपालले आज सोमपाल कामी, सन्दीप लामिछाने र कुशल मल्ललाई विश्राम दिनसक्छ । यी तीनको स्थानमा बेन्चमा रहेका ज्ञानेन्द्र मल्ल, प्रतिश जि.सी र गुलशन झालाई आजको खेलमा मौका दिनसक्छ । नेपालको ब्याटिङ मुख्य हतियार हो । साउदीका दुई तीव्र गतिका बलर इश्तिक अहमद र उतिफ उर रेहमान पनि राम्रो प्रभाव छाड्दै आएका...

विश्वकप छनोट आयोजनामा नेपालको दाबी

 काठमाडौँ — नेपालले ट्वान्टी–२० विश्वकप छनोटको एसिया क्षेत्र आयोजनाका लागि प्रयास गर्ने भएको छ । अमेरिका र वेस्ट इन्डिजले सन् २०२४ को जुनमा आयोजना गर्ने ट्वान्टी–२० विश्वकपका लागि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले छनोट खेलहरूको विवरण सार्वजनिक गरेको छ । त्यसअनुरूप एसियाको छनोटमा नेपालसहित, यूएई, ओमान, हङकङ, बहराइन र सिंगापुरले प्रतिस्पर्धा गर्नेछन् । बाँकी दुई टिम छनोट चरण पार गरेर आउने छन् । ८ राष्ट्र सहभागी हुने एसियाको ट्वान्टी–२० विश्वकप छनोटको आयोजक राष्ट्र र प्रतियोगिताको मितिबारे पछि घोषणा हुने आईसीसीले जनाएको छ । नेपालले हाल एसियाली क्रिकेट परिषद् (एसीसी) को एसिया कपको छनोट आधार रहेको एसीसी प्रिमियर कप आयोजना गरिरहेको छ । १० राष्ट्रसम्मिलित यो प्रतियोगिता विजेताले एसिया कपमा भारत र पाकिस्तानसँग खेल्न पाउने छ । त्यसैका आधारमा नेपाल क्रिकेट संघ (क्यान) टोली एसियाको ट्वान्टी–२० विश्वकप छनोट गर्न हौसिएको छ । ‘आईसीसीको विश्वकप छनोट एसियाका लागि हामीले पहल गरिरहेका छौं । एसीसी प्रिमियर कपको सफलताले त्यसको निर्धारण गर्छ होला । अक्टोबर–नोभेम्बरतिर प्रतियोगिता हुने भनिएको छ...