Skip to main content

साउदीलाई सहजै हराउँदै सेमिफाइनलमा पुग्ने सोचमा नेपाल

 काठमाडौं– घरेलु टोली नेपालले एसिसी प्रिमियर कपमा आज साउदी अरेवियासँग खेल्दैछ । खेल बिहान ९ बजे माथिल्लो मुलपानी क्रिकेट मैदानमा सुरुहुनेछ । नेपाल लगातार तेस्रो जितका साथ सेमिफाइनलमा स्थान बनाउने पहिलो टोली बन्ने सोचका साथ मैदान उत्रनेछ ।


समूह ए मा रहेको नेपाल २ खेलमा ४ अंकका साथ शीर्ष स्थानमा छ । साउदी २ खेलमा १ मा जित र १ मा हारसहित चौथो स्थानमा छ । साउदी उपाधि दाबेदार नेपाललाई स्तब्ध पार्दै सेमिफाइनल सम्भावना कायमै राख्न चाहन्छ ।

नेपालले पहिलो खेलमा मलेसियालाई ६ विकेट र दोस्रो खेलमा ओमानलाई ८४ रनले हराएको थियो । उता साउदी पहिलो खेलमा मलेसियासँग ८ विकेटले पराजित भएको थियो । कतारलाई ७ विकेटले हराएको थियो । नेपालले आजको खेलमा स्पिनर सन्दीप लामिछानेसहित तीन खेलाडीलाई विश्राम दिने सम्भावना छ ।

नेपालले आज सोमपाल कामी, सन्दीप लामिछाने र कुशल मल्ललाई विश्राम दिनसक्छ । यी तीनको स्थानमा बेन्चमा रहेका ज्ञानेन्द्र मल्ल, प्रतिश जि.सी र गुलशन झालाई आजको खेलमा मौका दिनसक्छ । नेपालको ब्याटिङ मुख्य हतियार हो ।


साउदीका दुई तीव्र गतिका बलर इश्तिक अहमद र उतिफ उर रेहमान पनि राम्रो प्रभाव छाड्दै आएका छन् । मुलपानीको मैदानमा युवा स्पिनर जैन उल अबिदीन राम्रो गर्न सक्छन् ।

नेपालले २०१२ पछि साउदीसँग ५० ओभरको खेल खेल्न लागेको हो । नेपालले दशक अघि भएको खेलमा साउदीलाई ९ विकेटले हराएको थियो । उक्त खेलमा नेपालका ज्ञानेन्द्र मल्लले २३ बलमा ६१ रन बनाउँदै प्लेयर अफ द म्याच चुनएका थिए ।

मौसम :

वर्षा आजको खेलमा नेपाललाई बाधक बन्नसक्छ । आइतबार साँझ देखि काठमाडौंमा हल्का वर्षा भएको छ । सोमबार विहान काठमाडौंको आकाश कालो बादलले ढाकिएको छ । बिहानको समयमा हाल्का वर्षाको सम्भावना छ । दिउँसो १२ बजेदेखि ४ बजेसम्म ५२ देखि ८० प्रतिशत सम्म वर्षा हुने सम्भावना छ । अर्थात उक्त समयमा वर्षा हुने उच्च सम्भावना देखिन्छ ।

अंक तालिका :

समूह ए मा नेपाल २ खेलमा ४ अंकका साथ शीर्ष स्थानमा छ । ओमान ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ दोस्रो स्थानमा छ । मलेसिया ३ खेलमा १ मा जित र २ मा हारसहित तेस्रो स्थानमा छ । साउदी २ खेलमा १ मा जित र १ मा हारसहित चौथो स्थानमा छ । कतार २ खेलमा जित विहीन हुँदै पुछारमा छ ।

समूह बी मा हङकङ २ खेलमा ४ अंकका साथ शीर्ष स्थानमा छ । युएई ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ दोस्रो स्थानमा छ । बहराइन २ खेलमा १ मा जित र १ मा हारसहित तेस्रो स्थानमा छ । कुवेत २ खेलमा १ मा जित र १ मा हारसहित दोस्रो स्थानमा छ । सिंगापुर तीनै खेलमा पराजित हुँदै बाहिरिएको छ ।

यस प्रतियोगिता विजेताले आगमी सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कप खेल्न पाउनेछ । शीर्ष तीन टोलीले एसिसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछन् ।

नेपाली टोली :

रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, आरिफ शेख, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जि.सी र ललित राजवंशी ।

साउदी अरेविया टोली :

मोहम्मद हिशाम शेख, जैनुल अबिदिन, साद खान, अतिफ उर रहमान, अब्दुल वाहिद, हासिब गाफुर, इशताक अहमद, अब्दुल वाहिद अब्दुल गफार, इमरान आरिफ, वाकर उल हसन, जुहाइर मोहम्मद, अब्दुल मानन अली, अहमद अब्दुल वाहिद, उस्मान नाजिब ।







Comments

Popular posts from this blog

खेल रद्द भएसँगै नेपाल फाइनलमा

  काठमाडौं–  एसिसी प्रिमियर कपको पहिलो सेमिफाइनल खेलमा भारी वर्षाको कारण कुवेतसँगको खेल रद्द भएसँगै नेपाल फाइनलमा पुगेको छ । खेल नतिजा विहीन बनेपछि नेपाल समूह विजेताको रुपमा फाइनलमा पुगेको हो । जितको लागि २ सय ८१ रनको विशाल विजयी लक्ष्य पछ्याएको कुवेतले ८.३ ओभरमा ६ विकेट गुमाउँदै ३७ रन बनाउँदा खेल वर्षाको कारण खेल रोकिएको थियो । तर त्यसपछि भारी वर्षा हुँदा सुपर ओभर पनि हुन सकेन ।नेपाल समूह ए को विजेता र कुवेत समूह बी को उपविजेताको रुपमा सेमिफाइनल खेलेका थिए । खेल हुन नसकेपछि नेपाल समूह विजेताको रुपमा फाइनलमा पुगेको हो । कुवेतका ओपनर आदनान इद्रिस शून्य, रविजा सनदरुवान ९, परविन्दर कुमार १, मित भावसार ५ र मोहम्मद अस्लाम १४ रनमा आउट भए । नेपालका करण केसीले ४.३ ओभरमा १० रन खर्चेर ५ विकेट लिए । सोमपाल कामीले २ ओभरमा १५ रन खर्चेर १ विकेट लिए । त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ४२ ओभरमा ९ विकेट गुमाउँदै २ सय ८१ रन बनाएको थियो । निरन्तर वर्षाले प्रभावित खेलमा ८-८ ओभर घटाइएको थियो । नेपालको जितमा कप्तान रोहित पौडेलले ९५ बलमा ७ चौका र ३ ...

५०औं ओडीआईमा ओमानसँग प्रतिस्पर्धा गर्दै नेपाल, सन्दीपलाई विश्व कीर्तिमान बनाउने अवसर

काठमाडौं । सन् २०१८ अगस्ट १ मा नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दै पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेको नेपालले आज ओमानसँग आफ्नो ५०औं ओडीआई खेल्दैछ । एसीसी प्रिमियर कपअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले आज ओमानको समाना गर्दैछ । पहिलो खेलमा मलेसिया ओडीआई मान्यता प्राप्त राष्ट्र नभएकाले उक्त खेलले ओडीआई मान्यता पाएको थिएन । तर, ओमान ओडीआई मान्यता प्राप्त राष्ट्र भएकाले नेपालले खेलमा ओडीआई मान्यता पाएको छ । समूह ए मा रहेको नेपालका लागि जारी प्रतियोगितामा ओमान बलियो प्रतिद्वन्द्वी हो । अरु टीम ओमानको तुलनामा कमजोर छन् । यदि, आजको खेलमा नेपालले ओमानलाई पराजित गरे अपराजित रहँदै सेमिफाइनल पुग्नेमा नेपाल आशावादी छ । लगातार जित लय बनाएको नेपाली टीम घरेलु मैदानमा ५०औं ओडीआई जित्ने लक्ष्यमा छ । तर, प्रतियोगिताअघिको अभ्यास खेलमा पराजित भएको बदला लिँदै अपराजित रहने लक्ष्य ओमानको पनि रहनेछ । आजको खेल नेपाली टीमका र स्पिनर सन्दीप लामिछानेका लागि विशेष छ । यदि आज सन्दीप लामिछानेले एक विकेट लिए उनी ओडीआई क्रिकेटमा सर्वाधिक छिटो सय विकेट लिने खेलाडीको कीर्तिमान बनाउनेछन् । उनले अफगानिस्तानका स्टार ...

चुनावी दौडधुपमा क्यान पदाधिकारी, मुखमा एसिया कप

  का ठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को केन्द्रीय चुनावी साधारणसभा असोज पहिलो साता हुँदै छ । निर्वाचनको मिति आउन दुई महिना बाँकी रहँदा केन्द्रको माहोल तातिँदो छ । जिल्ला जिल्लामा क्रिकेट संघको निर्वाचन भइरहेका छन् । प्रदेशको भदौमा हुने तालिका छ । जिल्ला र प्रदेशको माहोल उग्र रूपमा चलिरहँदा केन्द्रमा पनि सम्भावित पदाधिकारीले आफ्नो पक्षमा माहोल बनाउन जोडबल लगाइरहेका छन् । वर्तमान अध्यक्ष चतुरबहादुर चन्द र कोषाध्यक्ष रोशनकुमार सिंहले आफ्नो प्यानलसहित चार वर्षे कार्यकालका लागि नेतृत्वमा उम्मेदवारी दिने तयारी गरेका छन् । असन्तुष्ट रहेका ऋषिराम गौतम र दाउद अन्सारीले पनि आ–आफ्नो टोली तयार पारिरहेका छन् । यद्यपि तीनै समूहले कुनै प्रकारका आधिकारिक टिम घोषणा गरेका छैनन् । तर, आ–आफ्नो समूह निर्माण र जिल्लामा आफ्नो प्रभुत्व जमाउन ठूलै चलखेलमा तीनै समूह अग्रसर देखिएका छन् । भक्तपुरको निर्वाचन भयो, तर केस पाटन उच्च अदालतसम्म पुगेको छ । आफ्ना समूहको सदस्यता वैधानिक भएको भन्दै कोषाध्यक्ष सिंह वकालत गर्न अदालत नै पुगे । यता चन्दले पनि आफ्नो समूहलाई जिताउन कुनै कसरत बाँकी राखेका छैनन् ।   क्य...