Skip to main content

विश्वकप छनोट आयोजनामा नेपालको दाबी

 काठमाडौँ — नेपालले ट्वान्टी–२० विश्वकप छनोटको एसिया क्षेत्र आयोजनाका लागि प्रयास गर्ने भएको छ । अमेरिका र वेस्ट इन्डिजले सन् २०२४ को जुनमा आयोजना गर्ने ट्वान्टी–२० विश्वकपका लागि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले छनोट खेलहरूको विवरण सार्वजनिक गरेको छ ।

त्यसअनुरूप एसियाको छनोटमा नेपालसहित, यूएई, ओमान, हङकङ, बहराइन र सिंगापुरले प्रतिस्पर्धा गर्नेछन् । बाँकी दुई टिम छनोट चरण पार गरेर आउने छन् । ८ राष्ट्र सहभागी हुने एसियाको ट्वान्टी–२० विश्वकप छनोटको आयोजक राष्ट्र र प्रतियोगिताको मितिबारे पछि घोषणा हुने आईसीसीले जनाएको छ ।

नेपालले हाल एसियाली क्रिकेट परिषद् (एसीसी) को एसिया कपको छनोट आधार रहेको एसीसी प्रिमियर कप आयोजना गरिरहेको छ । १० राष्ट्रसम्मिलित यो प्रतियोगिता विजेताले एसिया कपमा भारत र पाकिस्तानसँग खेल्न पाउने छ । त्यसैका आधारमा नेपाल क्रिकेट संघ (क्यान) टोली एसियाको ट्वान्टी–२० विश्वकप छनोट गर्न हौसिएको छ ।


‘आईसीसीको विश्वकप छनोट एसियाका लागि हामीले पहल गरिरहेका छौं । एसीसी प्रिमियर कपको सफलताले त्यसको निर्धारण गर्छ होला । अक्टोबर–नोभेम्बरतिर प्रतियोगिता हुने भनिएको छ,’ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले कान्तिपुरसँग भने, ‘हामीले आयोजनाका लागि प्रस्तावित तयारी सुरु गरिसकेका छौं ।’

नेपालले सन् २०१० मा विश्व क्रिकेट लिग डिभिजन ५ आयोजना गरेको थियो । त्यसयता आईसीसीको प्रमुख प्रतियोगिता आयोजना गरेको छैन । विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपालले २०१६ मा नामिबिया, २०१७ मा केन्यासँगको खेल आयोजना गरेको थियो । त्यसबाहेक आईसीसीको प्रतियोगितामा विश्वकप लिग २ को २०१९–२३ को सर्कलमा नेपालले २०२० मा अमेरिका र ओमान तथा २०२३ मा नामिबिया र स्कटल्यान्ड तथा यूएई र पपुवा न्युगिनीबीचको त्रिकोणात्मक शृंखलाका खेल आयोजना गरेको हो ।

अध्यक्ष चन्दले एसियाको ट्वान्टी–२० विश्वकप छनोट आयोजनाका आईसीसीलाई विश्वासमा लिने प्रयास गरिरहेको जनाए । एसीसी प्रिमियर कपमार्फत मूलपानी क्रिकेट मैदानमा अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजनाको सुरुआत गरिएको छ, यसले पनि नेपाललाई अन्य प्रतियोगिता आयोजना गर्न सजिलो बनाएको चन्दको दाबी छ । एसियाको ट्वान्टी–२० विश्वकप छनोट आयोजनाका लागि दुई मैदान आवश्यक रहेको जनाइएको छ । नेपालले आयोजनामा पाएमा कीर्तिपुरको त्रिवि क्रिकेट मैदान र मूलपानीमै एसियाको ट्वान्टी–२० विश्वकप छनोट गरिने चन्दले सुनाए ।

एसीसीका प्रतिनिधिहरू प्रिमियर कपका लागि अहिले नेपालमै रहेका छन् । उनीहरूले हरेक वर्ष नेपाललाई एउटा प्रतियोगिता आयोजना गर्न दिने वचन दिएका छन् । अध्यक्ष चन्दले भने, ‘अर्को वर्ष जनवरी–फेब्रुअरीमा एसीसी ट्वान्टी–२० कप आयोजना हुने भनिएको छ, त्यसका लागि पनि हामीले पहल गरिरहेका छौं । एसीसी यू–१९ प्रिमियर कप पनि यही वर्षको अन्त्यमा हुँदै छ । हामीले ट्वान्टी–२० वा यू–१९ प्रिमियर कप यहाँ आयोजना हुनुपर्छ भनेका छौं । दुवैमा आयोजनाका लागि हाम्रो दाबी रहन्छ ।’

Comments

Popular posts from this blog

५०औं ओडीआईमा ओमानसँग प्रतिस्पर्धा गर्दै नेपाल, सन्दीपलाई विश्व कीर्तिमान बनाउने अवसर

काठमाडौं । सन् २०१८ अगस्ट १ मा नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दै पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेको नेपालले आज ओमानसँग आफ्नो ५०औं ओडीआई खेल्दैछ । एसीसी प्रिमियर कपअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले आज ओमानको समाना गर्दैछ । पहिलो खेलमा मलेसिया ओडीआई मान्यता प्राप्त राष्ट्र नभएकाले उक्त खेलले ओडीआई मान्यता पाएको थिएन । तर, ओमान ओडीआई मान्यता प्राप्त राष्ट्र भएकाले नेपालले खेलमा ओडीआई मान्यता पाएको छ । समूह ए मा रहेको नेपालका लागि जारी प्रतियोगितामा ओमान बलियो प्रतिद्वन्द्वी हो । अरु टीम ओमानको तुलनामा कमजोर छन् । यदि, आजको खेलमा नेपालले ओमानलाई पराजित गरे अपराजित रहँदै सेमिफाइनल पुग्नेमा नेपाल आशावादी छ । लगातार जित लय बनाएको नेपाली टीम घरेलु मैदानमा ५०औं ओडीआई जित्ने लक्ष्यमा छ । तर, प्रतियोगिताअघिको अभ्यास खेलमा पराजित भएको बदला लिँदै अपराजित रहने लक्ष्य ओमानको पनि रहनेछ । आजको खेल नेपाली टीमका र स्पिनर सन्दीप लामिछानेका लागि विशेष छ । यदि आज सन्दीप लामिछानेले एक विकेट लिए उनी ओडीआई क्रिकेटमा सर्वाधिक छिटो सय विकेट लिने खेलाडीको कीर्तिमान बनाउनेछन् । उनले अफगानिस्तानका स्टार ...

चुनावी दौडधुपमा क्यान पदाधिकारी, मुखमा एसिया कप

  का ठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को केन्द्रीय चुनावी साधारणसभा असोज पहिलो साता हुँदै छ । निर्वाचनको मिति आउन दुई महिना बाँकी रहँदा केन्द्रको माहोल तातिँदो छ । जिल्ला जिल्लामा क्रिकेट संघको निर्वाचन भइरहेका छन् । प्रदेशको भदौमा हुने तालिका छ । जिल्ला र प्रदेशको माहोल उग्र रूपमा चलिरहँदा केन्द्रमा पनि सम्भावित पदाधिकारीले आफ्नो पक्षमा माहोल बनाउन जोडबल लगाइरहेका छन् । वर्तमान अध्यक्ष चतुरबहादुर चन्द र कोषाध्यक्ष रोशनकुमार सिंहले आफ्नो प्यानलसहित चार वर्षे कार्यकालका लागि नेतृत्वमा उम्मेदवारी दिने तयारी गरेका छन् । असन्तुष्ट रहेका ऋषिराम गौतम र दाउद अन्सारीले पनि आ–आफ्नो टोली तयार पारिरहेका छन् । यद्यपि तीनै समूहले कुनै प्रकारका आधिकारिक टिम घोषणा गरेका छैनन् । तर, आ–आफ्नो समूह निर्माण र जिल्लामा आफ्नो प्रभुत्व जमाउन ठूलै चलखेलमा तीनै समूह अग्रसर देखिएका छन् । भक्तपुरको निर्वाचन भयो, तर केस पाटन उच्च अदालतसम्म पुगेको छ । आफ्ना समूहको सदस्यता वैधानिक भएको भन्दै कोषाध्यक्ष सिंह वकालत गर्न अदालत नै पुगे । यता चन्दले पनि आफ्नो समूहलाई जिताउन कुनै कसरत बाँकी राखेका छैनन् ।   क्य...

खेल रद्द भएसँगै नेपाल फाइनलमा

  काठमाडौं–  एसिसी प्रिमियर कपको पहिलो सेमिफाइनल खेलमा भारी वर्षाको कारण कुवेतसँगको खेल रद्द भएसँगै नेपाल फाइनलमा पुगेको छ । खेल नतिजा विहीन बनेपछि नेपाल समूह विजेताको रुपमा फाइनलमा पुगेको हो । जितको लागि २ सय ८१ रनको विशाल विजयी लक्ष्य पछ्याएको कुवेतले ८.३ ओभरमा ६ विकेट गुमाउँदै ३७ रन बनाउँदा खेल वर्षाको कारण खेल रोकिएको थियो । तर त्यसपछि भारी वर्षा हुँदा सुपर ओभर पनि हुन सकेन ।नेपाल समूह ए को विजेता र कुवेत समूह बी को उपविजेताको रुपमा सेमिफाइनल खेलेका थिए । खेल हुन नसकेपछि नेपाल समूह विजेताको रुपमा फाइनलमा पुगेको हो । कुवेतका ओपनर आदनान इद्रिस शून्य, रविजा सनदरुवान ९, परविन्दर कुमार १, मित भावसार ५ र मोहम्मद अस्लाम १४ रनमा आउट भए । नेपालका करण केसीले ४.३ ओभरमा १० रन खर्चेर ५ विकेट लिए । सोमपाल कामीले २ ओभरमा १५ रन खर्चेर १ विकेट लिए । त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ४२ ओभरमा ९ विकेट गुमाउँदै २ सय ८१ रन बनाएको थियो । निरन्तर वर्षाले प्रभावित खेलमा ८-८ ओभर घटाइएको थियो । नेपालको जितमा कप्तान रोहित पौडेलले ९५ बलमा ७ चौका र ३ ...